मन्त्री पौडेललाई शर्माको प्रश्न : सरकारले पुनः स्थापना केन्द्र खोल्न सक्दैन ?
सारांश
- राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले स्वास्थ्य मन्त्रीलाई पुनःस्थापना केन्द्र सञ्चालनबारे प्रश्न सोधे।
- मन्त्री पौडेलले सातै प्रदेशमा पुनःस्थापना केन्द्र बनाउने योजना पूरा नभएको स्वीकार गरे।
- सरकारले सार्वजनिक स्वास्थ्य संस्थामा पुनःस्थापना विभाग र वार्ड बनाउने तयारी गरिरहेको छ।
दाङ । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा (अपार) ले स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई सरकारले पुनःस्थापना केन्द्र सञ्चालन गर्न थालेको पहलको विषयमा प्रश्न गरेका छन् । शनिबार भएको राष्ट्रियसभा बैठकमा अपारले सोधेका छन्– ‘ पुनःस्थापना केन्द्रहरू राजधानी र सहरमा मात्रै छन्, ती सबै नागरिकको पहुँचमा छैनन्, सरकारी स्वामित्वमा पुनः स्थापना केन्द्र बनाउन के पहल छ ?’
यसमा जवाफ दिँदै मन्त्री पौडेलले यो महत्त्वपूर्ण प्रश्न रहेको भन्दै सरकार गम्भीर भएर लागेको बताएका छन् । उनले सरकारले सातै प्रदेशमा पुनःस्थापना केन्द्र सञ्चालन गर्ने कुरा भए पनि अगाडि बढ्न नसकेको स्वीकार गरेका छन् । सार्वजनिक स्वास्थ्य संस्थामा पुनःस्थापना विभाग र अन्तरङ्ग पुनःस्थापना वार्ड बनाएर प्रक्रिया अगाडी बढाउने गरी तयारी थालेको बताएका हुन् ।
राष्ट्रिय पुनःस्थापना रणनीति अनुसार केन्द्रमा एउटा पुनर्स्थापना केन्द्र र निजी, गैरसरकारी संस्था, प्रदेश र स्थानीय सरकारको समन्वयमा स्थानीय स्तरमा पनि बनाउने गरी प्रक्रिया अघि बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण