आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

मन्त्री पौडेललाई शर्माको प्रश्न : सरकारले पुनः स्थापना केन्द्र खोल्न सक्दैन ?

शनिबार, ३१ जेठ २०८२, १९ : १३
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले स्वास्थ्य मन्त्रीलाई पुनःस्थापना केन्द्र सञ्चालनबारे प्रश्न सोधे।
  • मन्त्री पौडेलले सातै प्रदेशमा पुनःस्थापना केन्द्र बनाउने योजना पूरा नभएको स्वीकार गरे।
  • सरकारले सार्वजनिक स्वास्थ्य संस्थामा पुनःस्थापना विभाग र वार्ड बनाउने तयारी गरिरहेको छ।

दाङ । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा (अपार) ले स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई सरकारले पुनःस्थापना केन्द्र सञ्चालन गर्न थालेको पहलको विषयमा प्रश्न गरेका छन् । शनिबार भएको राष्ट्रियसभा बैठकमा अपारले सोधेका छन्– ‘ पुनःस्थापना केन्द्रहरू राजधानी र सहरमा मात्रै छन्, ती सबै नागरिकको पहुँचमा छैनन्, सरकारी स्वामित्वमा पुनः स्थापना केन्द्र बनाउन के पहल छ ?’ 

यसमा जवाफ दिँदै मन्त्री पौडेलले  यो महत्त्वपूर्ण प्रश्न रहेको भन्दै सरकार गम्भीर भएर लागेको बताएका छन् । उनले सरकारले सातै प्रदेशमा पुनःस्थापना केन्द्र सञ्चालन गर्ने कुरा भए पनि अगाडि बढ्न नसकेको स्वीकार गरेका छन् । सार्वजनिक स्वास्थ्य संस्थामा पुनःस्थापना विभाग र अन्तरङ्ग पुनःस्थापना  वार्ड बनाएर प्रक्रिया अगाडी बढाउने गरी तयारी थालेको बताएका हुन् ।

राष्ट्रिय पुनःस्थापना  रणनीति अनुसार केन्द्रमा एउटा पुनर्स्थापना केन्द्र र निजी, गैरसरकारी संस्था, प्रदेश र स्थानीय सरकारको समन्वयमा स्थानीय स्तरमा पनि बनाउने गरी प्रक्रिया अघि बढेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप