प्रचण्ड कप भलिबल : पुलिसलाई सोझो सेटमा हराएर एपीएफ बन्यो च्याम्पियन
शनिबार, ३१ जेठ २०८२, १७ : २२

समाचार सारांश
- सशस्त्र प्रहरीको एपीएफ क्लबले पोखरामा भएको प्रचण्ड कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ। फाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्यो।
- प्रतियोगितामा एपीएफले पुलिसलाई २५-१९, २५-२० र २५-१३ को सेटमा पराजित गर्यो। विजेता एपीएफले ६ लाख र उपविजेताले ३ लाख पुरस्कार प्राप्त गरे।
- न्यु डायमण्ड तेस्रो स्थानमा रह्यो, एभरेस्ट भलिबल क्लबलाई पराजित गर्दै। प्रतियोगितामा जम्मा ६ टोली सहभागी थिए।
पोखरा । नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरि सशस्त्र प्रहरीको एपीएफ क्लब पोखरामा जारी प्रचण्ड कपको च्याम्पियन बनेको छ । नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा सशस्त्रले तीनै सेटमा पुलिसलाई स्तब्ध बनायो ।
पहिलो सेट २५-१९ मा पराजित पुलिस दोस्रो सेट २५-२० को स्कोरमा पराजित भयो । तेस्रो सेटमा २५-१३ को स्कोर बनाउँदै पुलिसले उपाधि जितेको हो । प्रतियोगिताको विजेता एपीएफले नगद ६ लाख पुरस्कार पाएको अध्यक्ष दीपक कोइरालाले जानकारी दिए ।
उपविजेताले ३ लाख पाएको छ भने तेस्रो भएको न्यु डायमण्डले १ लाख पाएको छ । आजै भएको तेस्रो स्थानको प्रतिस्पर्धामा एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा हराएर न्यु डायमण्ड तेस्रो भएको हो । प्रतियोगितामा ६ टिम सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केशलिया करिडोर निर्माणमा १५ करोड बजेट सुनिश्चित
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
स्थानीय र पश्चिमी वायुसँगै मनसुन थप सक्रिय, आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
हेर्नुहाेस् आजकाे राशिफल
-
यस्तो छ आइतबारको अन्तर्राष्ट्रिय मुद्रा विनिमय दर
-
कस्तो रहला यो हप्ता तपाईँको ? हेर्नुहोस् साप्ताहिक राशिफल