प्रचण्ड कप भलिबल : पुलिसलाई सोझो सेटमा हराएर एपीएफ बन्यो च्याम्पियन
शनिबार, ३१ जेठ २०८२, १७ : २२
सारांश
- सशस्त्र प्रहरीको एपीएफ क्लबले पोखरामा भएको प्रचण्ड कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ। फाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्यो।
- प्रतियोगितामा एपीएफले पुलिसलाई २५-१९, २५-२० र २५-१३ को सेटमा पराजित गर्यो। विजेता एपीएफले ६ लाख र उपविजेताले ३ लाख पुरस्कार प्राप्त गरे।
- न्यु डायमण्ड तेस्रो स्थानमा रह्यो, एभरेस्ट भलिबल क्लबलाई पराजित गर्दै। प्रतियोगितामा जम्मा ६ टोली सहभागी थिए।
पोखरा । नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरि सशस्त्र प्रहरीको एपीएफ क्लब पोखरामा जारी प्रचण्ड कपको च्याम्पियन बनेको छ । नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा सशस्त्रले तीनै सेटमा पुलिसलाई स्तब्ध बनायो ।
पहिलो सेट २५-१९ मा पराजित पुलिस दोस्रो सेट २५-२० को स्कोरमा पराजित भयो । तेस्रो सेटमा २५-१३ को स्कोर बनाउँदै पुलिसले उपाधि जितेको हो । प्रतियोगिताको विजेता एपीएफले नगद ६ लाख पुरस्कार पाएको अध्यक्ष दीपक कोइरालाले जानकारी दिए ।
उपविजेताले ३ लाख पाएको छ भने तेस्रो भएको न्यु डायमण्डले १ लाख पाएको छ । आजै भएको तेस्रो स्थानको प्रतिस्पर्धामा एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा हराएर न्यु डायमण्ड तेस्रो भएको हो । प्रतियोगितामा ६ टिम सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण