लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
सारांश
- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट असार १ गते प्रस्तुत गर्ने भएको छ।
- आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्नेछन्, जसमा प्रदेशको समृद्धि र विकासका क्षेत्रलाई प्राथमिकता दिइनेछ।
- बजेटमा कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, र रोजगारी जस्ता क्षेत्रहरूलाई प्राथमिकता दिइनेछ र यस वर्ष बजेटको आकार घट्ने सम्भावना छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते बजेट प्रस्तुत गर्ने भएको छ । भोलि आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको तेह्रौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले ‘राजश्व र व्ययको वार्षिक अनुमान’ प्रदेशसभामा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ ।
प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार मन्त्री कार्कीले वार्षिक बजेट प्रस्तुत गर्नुका साथै ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ पनि सभामा पेस गर्नेछन् ।
सरकारले यस वर्षको बजेटमा प्रदेशको समृद्धि र विकाससँग जोडिएका मुख्य क्षेत्रहरूलाई प्राथमिकतामा राखेको छ । कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट केन्द्रित गर्ने सरकारको तयारी छ । लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष भन्दा बजेटको अकार घटाएर ल्याउने तयारी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण