लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने

समाचार सारांश
- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट असार १ गते प्रस्तुत गर्ने भएको छ।
- आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्नेछन्, जसमा प्रदेशको समृद्धि र विकासका क्षेत्रलाई प्राथमिकता दिइनेछ।
- बजेटमा कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, र रोजगारी जस्ता क्षेत्रहरूलाई प्राथमिकता दिइनेछ र यस वर्ष बजेटको आकार घट्ने सम्भावना छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते बजेट प्रस्तुत गर्ने भएको छ । भोलि आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको तेह्रौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले ‘राजश्व र व्ययको वार्षिक अनुमान’ प्रदेशसभामा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ ।
प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार मन्त्री कार्कीले वार्षिक बजेट प्रस्तुत गर्नुका साथै ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ पनि सभामा पेस गर्नेछन् ।
सरकारले यस वर्षको बजेटमा प्रदेशको समृद्धि र विकाससँग जोडिएका मुख्य क्षेत्रहरूलाई प्राथमिकतामा राखेको छ । कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट केन्द्रित गर्ने सरकारको तयारी छ । लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष भन्दा बजेटको अकार घटाएर ल्याउने तयारी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु
-
इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति
-
नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’
-
इरानका उत्तर–पश्चिमी प्रान्तमा ३१ जनाको मृत्यु, आक्रमणबाट सयौं प्रभावित
-
विमान दुर्घटनामा ज्यान गुमाउने 'क्याबिन क्रु' को कथा: अवकाश लिनेदेखि विवाहकाे तयारी सम्म
-
१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित