इरान इजरायल तनाव
इजरायलले गर्यो इरानी रक्षा मन्त्रालयमाथि आक्रमण
आइतबार, ०१ असार २०८२, ०४ : २४

समाचार सारांश
- इरानको रक्षा मन्त्रालयको मुख्यालयलाई इजरायलले आक्रमण गरेको इरानी समाचार संस्था तास्नीमले जनाएको छ।
- आक्रमणमा मुख्यालयको प्रशासनिक भवनमा सामान्य क्षति पुगेको छ, भने नजिकैको अर्को भवनमा पनि प्रहार भएको छ।
- दुई देशबीचको तनाव बढ्दै जाँदा, इरानले इजरायलमाथि मिसाइल आक्रमण गरेको थियो भने इजरायलले इरानको तेल डिपोमा आक्रमण गरेको थियो।
काठमाडौँ । इरानी समाचार संस्था तास्नीमका अनुसार इजरायलले तेहरानस्थित इरानको रक्षा मन्त्रालयको मुख्यालयलाई लक्ष्य बनाएर आक्रमण गरेको छ।
समाचार संस्थाका अनुसार, मुख्यालयको एउटा प्रशासनिक भवनमा सामान्य क्षति पुगेको छ भने अर्को नजिकै रहेको रक्षा मन्त्रालयकै अर्को भवनमा पनि प्रहार गरिएको हो।
दुई देशबिचको तनाव अझै बढ्दै गइरहेको छ । यसअघि इरानले आफ्नो दोस्रो लहरको आक्रमणमा इजरायलमाथि १०० भन्दा बढी मिसाइ आक्रमण गरेको थियो भने इजरायले इरान शाहरान तेल डिपोमा आक्रमण गरेको थियो ।
इजरायल र इरानबिच जारी आक्रमणको जोखिमका कारण सिरियाको नागरिक उड्डयन प्राधिकरणले आइतबार बिहान ८ बजेसम्म आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट प्रस्तुत गर्ने वेला कर्णालीमा सरकार र प्रतिपक्षबिच विवाद, सभा अनिश्चित
-
ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार : कारण र न्यूनीकरण
-
टर्कीले भन्यो - अहमदावादमा भएको विमान दुर्घटनासँग कुनै सम्बन्ध छैन
-
नजर प्रदेशतिर : बजेट घोषणा गर्न तम्तयार
-
बजेटमा गरिएको राजश्व प्रस्ताव चुनौतीपूर्ण : एमाले सांसद आचार्य
-
‘अमेरिकाको आप्रवासन नीति ठिक छैन’