इरान इजरायल तनाव
इजरायलले गर्यो इरानी रक्षा मन्त्रालयमाथि आक्रमण
आइतबार, ०१ असार २०८२, ०४ : २४
सारांश
- इरानको रक्षा मन्त्रालयको मुख्यालयलाई इजरायलले आक्रमण गरेको इरानी समाचार संस्था तास्नीमले जनाएको छ।
- आक्रमणमा मुख्यालयको प्रशासनिक भवनमा सामान्य क्षति पुगेको छ, भने नजिकैको अर्को भवनमा पनि प्रहार भएको छ।
- दुई देशबीचको तनाव बढ्दै जाँदा, इरानले इजरायलमाथि मिसाइल आक्रमण गरेको थियो भने इजरायलले इरानको तेल डिपोमा आक्रमण गरेको थियो।
काठमाडौँ । इरानी समाचार संस्था तास्नीमका अनुसार इजरायलले तेहरानस्थित इरानको रक्षा मन्त्रालयको मुख्यालयलाई लक्ष्य बनाएर आक्रमण गरेको छ।
समाचार संस्थाका अनुसार, मुख्यालयको एउटा प्रशासनिक भवनमा सामान्य क्षति पुगेको छ भने अर्को नजिकै रहेको रक्षा मन्त्रालयकै अर्को भवनमा पनि प्रहार गरिएको हो।
दुई देशबिचको तनाव अझै बढ्दै गइरहेको छ । यसअघि इरानले आफ्नो दोस्रो लहरको आक्रमणमा इजरायलमाथि १०० भन्दा बढी मिसाइ आक्रमण गरेको थियो भने इजरायले इरान शाहरान तेल डिपोमा आक्रमण गरेको थियो ।
इजरायल र इरानबिच जारी आक्रमणको जोखिमका कारण सिरियाको नागरिक उड्डयन प्राधिकरणले आइतबार बिहान ८ बजेसम्म आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण