मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु

समाचार सारांश
- मोरङको पथरी-कानेपोखरी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ।
- दुर्घटनामा प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको हो भने श्रीमती र छोरी घाइते भएका छन्।
- मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको र यस क्षेत्रमा निर्माणाधीन सडकमा डाइभर्सनहरू असुरक्षित हुँदा दुर्घटना बढेको बताइएको छ।
मोरङ। मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटनामा परी प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहन विक्रम दाहालले जानकारी दिए । पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
शनिबार साँझ ८ः०० बजे पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र १–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित घर फर्कने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन घाइते भएका छन् । विमलाको कान र खुट्टामा चोट लागेको छ भने छोरीको टाउकोमा चोट लागेको छ । उनीहरू दुवैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ । विमला जितेन्द्रसँगै प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी जवान हुन् ।
मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना भएको हो । यस क्षेत्रमा काकडभिट्टा–लौकही सडक निर्माण क्रममा छ । पूर्वपश्चिम महेन्द्र राजमार्गमा धेरै डाइभर्सन असुरक्षित भएका कारण दुर्घटना बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री बोल्दाबोल्दै सांसद पाण्डेको सभामुखलाई प्रश्न– सभा सञ्चालन गर्ने तरिका भएन
-
बजेट प्रस्तुत भएको १७ दिनपछि संसद्मा छलफल सुरु
-
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएन
-
प्रतिनिधिसभामा उठ्यो दादागिरीको कुरादेखि यार्सागुम्बाको विषयसम्म
-
हेवाखोलामा भत्किएको बेलिब्रिज तत्काल बनाउन योगेश भट्टराईको माग
-
श्याम घिमिरेको प्रश्न : पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रविले राजीनामा दिनुपर्छ कि पर्दैन ?