कुन प्रदेशको बजेट कति बजे ?
आइतबार, ०१ असार २०८२, ०९ : ३१

समाचार सारांश
- प्रदेश सरकारहरूले आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक गर्दैछन्।
- असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्थाअनुसार सबै प्रदेशले बजेट प्रस्तुत गर्दैछन्।
- कोशी, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशले दिउँसो ३ बजे, मधेस र गण्डकीले ४ बजे, तथा सुदूरपश्चिमले ५ बजे बैठक बोलाएका छन्।
काठमाडौँ । प्रदेश सरकारहरूले आज आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै छन् । असार १ गते बजेट ल्याउनै पर्ने कानुनी व्यवस्था अनुसार सातै प्रदेशले प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेका हुन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
आज चार प्रदेशले दिउँसो ३ बजेका लागि प्रदेशसभा बोलाएका छन् । कोशी प्रदेश, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश सो समयमा बैठक आह्वान गरेका छन् ।
त्यस्तै, २ प्रदेशले अपराह्न ४ बजे बैठक बोलाएका छन् । मधेस र गण्डकीले सो समयमा बजेट सार्वजनिक गर्नेछन्
सुदूरपश्चिम प्रदेशले भने बेलुकी ५ बजेका लागि बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश : कुन मन्त्रालयले कति पाए बजेट ?
-
कारागारभित्र अबोध बालबालिका
-
नेसपा (नयाँ शक्ति) को केन्द्रीय बैठकबाट ११ बुँदे राजनीतिक प्रस्ताव पारित
-
बेलायतको ओपन कन्सर्टमा अन्जु पन्त र खेम सेन्चुरीले नचाए दर्शक
-
लन्डनमा एक नेपाली युवा कार्यस्थलमा मृत फेला
-
पाँचथरको हेवाखोलामा पुल भाँचिदा ज्यान गुमाउनेहरु बाराका, घटनापछि गाउँमा शोक