आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द

शनिबार, ३१ जेठ २०८२, २२ : २४
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै ६ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
  • यसअघि दुई दिन बिदा दिइएकोमा तापक्रम नघटेपछि असार १ देखि ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो।
  • शैक्षिक प्रशासन महाशाखा प्रमुखका अनुसार, यो बिदा वर्षे बिदाबाट मिलान गरिनेछ।

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले अत्यधिक बढेको गर्मी नघटेपछि पुनः छ दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । 

महानगरले यसअघि यही जेठ २९ र ३० गते दुई दिन गर्मी बिदा दिने निर्णय गरेको थियो । सो बिदा सकिए पनि यहाँको तापक्रम नघटेपछि आगामी असार १ देखि ६ गतेसम्म विद्यालय बिदा दिने निर्णय गरेको हो । 

वीरगञ्ज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखिको बढ्दो गर्मीलाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असर न्यूनीकरण गर्न असार १ देखि ६ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय भएको बताए । “वर्षे सट्टे बिदाबाट मिलान हुने गरी सो बिदा दिइएको हो”, उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप