शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

रूकुम पश्चिममा पानी बोकेको  मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

बिहीबार, २९ जेठ २०८२, २२ : ५४
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
  • दुर्घटनामा घाइते भएका चालक दाङका ४५ वर्षीय भुपेन्द्र महतको उपचारका क्रममा मृत्यु भयो।
  • ट्रक दाङबाट रूकुम पश्चिम तर्फ पानीको जार लिएर जाँदै गर्दा ब्रेक फेल भई दुर्घटना भएको थियो।

त्रिवेणी । बिहीबार साँझ रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकैको घुम्तीमा  मिनी ट्रक दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ । 

उपचारको क्रममा दाङको घोराही उपमहानगरपालिका–१० स्थायी घर भएका ४५ वर्षीय भुपेन्द्र महतको मृत्यु भएको हो । सोही स्थानका ३४ वर्षीय सह चालक सुन्दरकुमार बुढाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

उनका अनुसार रा१क १४१२ नम्बरको रारा प्रोसेसिङ कम्पनी प्रालि घोराही दाङबाट सञ्चालित मिनी ट्रक दाङबाट रूकुम पश्चिम खलङ्गातर्फ पानीको जार लिएर आउँदै गरेको अवस्थामा दुर्घटना परेको थियो ।

ट्रकको ब्रेक फेल भएर माथिल्लो घुम्तीबाट करिब २ सय मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा  फेला परेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप