रूकुम पश्चिममा पानी बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
बिहीबार, २९ जेठ २०८२, २२ : ५४
सारांश
- रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएका चालक दाङका ४५ वर्षीय भुपेन्द्र महतको उपचारका क्रममा मृत्यु भयो।
- ट्रक दाङबाट रूकुम पश्चिम तर्फ पानीको जार लिएर जाँदै गर्दा ब्रेक फेल भई दुर्घटना भएको थियो।
त्रिवेणी । बिहीबार साँझ रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकैको घुम्तीमा मिनी ट्रक दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ ।
उपचारको क्रममा दाङको घोराही उपमहानगरपालिका–१० स्थायी घर भएका ४५ वर्षीय भुपेन्द्र महतको मृत्यु भएको हो । सोही स्थानका ३४ वर्षीय सह चालक सुन्दरकुमार बुढाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।
उनका अनुसार रा१क १४१२ नम्बरको रारा प्रोसेसिङ कम्पनी प्रालि घोराही दाङबाट सञ्चालित मिनी ट्रक दाङबाट रूकुम पश्चिम खलङ्गातर्फ पानीको जार लिएर आउँदै गरेको अवस्थामा दुर्घटना परेको थियो ।
ट्रकको ब्रेक फेल भएर माथिल्लो घुम्तीबाट करिब २ सय मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण