नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
सारांश
- व्यास नगरपालिका, तनहुँमा बुल्दीखोला किनारमा नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण गरिएको छ।
- एक हजार ४०० मिटर लामो वाल निर्माणले डेढ हेक्टर जमिन उकासिएको छ र ६ वटा सिँचाइ योजनालाई सहयोग पुगेको छ।
- निर्माण कम्पनीले १ करोड २५ लाखमा ठेक्का सम्झौता गरेको थियो र चालु आर्थिक वर्षमा ९० लाख विनियोजन गरिएको छ।
तनहुँ। जिल्लाको व्यास नगरपालिका–११ र वडा नं १२ को छबिसेको बाँधबाट बुल्दीखोला किनारमा नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण गरिएको छ । शिसाखोला–बुल्दीखोला, छबिसेबाट घाँसीकुवासम्म कटानका जोखिम भएका विभिन्न क्षेत्रमा गरी एक हजार ४०० मिटर दूरीमा वाल निर्माण गरिएको हो ।
वाल निर्माणका क्रममा करिब डेढ हेक्टर जमिन उकासिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख मोहनराज आचार्यले जानकारी दिए । उनले भने, “करिब बीस मिटर नदीको भाग छाडेर ग्याबिनवाल निर्माण गरिएको छ, जसबाट छ वटा सिँचाइ योजनाका बाँध र खेत कटान नियन्त्रणमा सहयोग पुगेको छ ।”
गत वर्ष असारमा सम्झौता भएर वर्षायामका कारण निर्माण अघि बढाउन नसकेको जनाउँदै उनले चालु आर्थिक वर्षको मङ्सिरदेखि काम सुरु गरी निर्माण सम्पन्न गरिएको बताए।
निर्माण कम्पनी मनकामना गुरुङ निर्माण सेवाले रु एक करोड २५ लाखमा ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो । उनले भने, “यस वर्ष निर्माण कम्पनीलाई रु ९० लाख विनियोजन गरिएको छ, बाँकी रु ३५ लाख आउँदो वर्ष भुक्तानी गर्ने योजना छ ।”
प्रमुख आचार्यका अनुसार कार्यालयबाट सम्झौता गरी निर्माणका चरणमा रहेका ७६ मध्ये पाँच आयोजनाको निर्माण सम्पन्न भइसकेको छ । सालबसालीका योजना बजेटअनुरूप सबै सम्पन्न गरिने उनले उल्लेख गरे ।
बहुबर्षीय र स्रोत सुनिश्चित नभएकाबाहेक ९५ प्रतिशत आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणलाई तीव्रता दिइएको कार्यालय प्रमुख आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण