कर्णाली प्रदेशसभाबाट दुई विधेयक पारित
सुर्खेत । कर्णाली प्रदेशसभाबाट आज दुई विधेयक पारित भएका छन् । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको २०औँ बैठकले ‘सार्वजनिक र निजी क्षेत्रको साझेदारी सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७५ र ‘वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ सर्वसम्मतिले पारित गरेको हो ।
सभामुख राजबहादुर शाहीले विभागीय मन्त्रीलाई विधेयक पारित निम्ति सभासमक्ष प्रस्तावका लागि समय दिएसँगै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ‘सार्वजनिक र निजी क्षेत्रको साझेदारी सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७५ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशको ‘वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ लाई समितिको संशोधन प्रतिवेदनसहित पारित गरियोस् भनी सभासमक्ष प्रस्ताव गरेका थिए ।
मन्त्रीद्वय ज्वाला र बुढाले सभामा विधेयक पारितका लागि प्रस्ताव गरेसँगै ‘सार्वजनिक र निजी क्षेत्रको साझेदारी सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७५ र ‘वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ आज सर्वसम्मतिले पारित भएका छन् । सभाको अर्को बैठक यही असार १० गते अपराह्न ३ः०० बजेसम्मका लागि स्थगित भएको सभामुख शाहीले सूचित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण