जापानले घरमै बसेर परीक्षण गर्न सकिने कोरोना विधि विकास गर्यो
सोमबार, ०८ असार २०७७, २३ : ५३

एजेन्सी । जापानले घरमै बसेर कोरोना परीक्षण गर्न सकिने विधिको विकास गरेको छ । नाकबाट स्वाव लिएर परीक्षण गर्न सकिने उक्त विधिबाट अब धेरै मानिसहरुले घरमै बसेर कोरोना परीक्षण गर्न सक्नेछन् । जापानको अनुसन्धानकर्ताहरुको एक टोलीले उक्त विधि विकास गरेको हो । उक्त परीक्षण विधिबाट २५ मिनेटमै नतिजा प्राप्त हुने जनाइएको छ ।
जापानी विश्वविद्यालयहरुसँग मिलेर काम गरिरहेको एक मेडिकल फर्मले उक्त परीक्षणको काम गरिरहेको बताइएको छ । यो विधिबाट कुनै पनि मानिसले आफ्नै घरमा बसेर कोरोना परीक्षण गर्न सक्ने र २५ मिनेटपछि नतिजासमेत हेर्न सक्नेछ । बेलायतमा पनि यो खालको विधिको परीक्षण भैरहेको छ । यो परीक्षण सफल बनाउनका लागि १४ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरु खटिइरहेको बीबीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख