जापानले घरमै बसेर परीक्षण गर्न सकिने कोरोना विधि विकास गर्यो
सोमबार, ०८ असार २०७७, २३ : ५३
एजेन्सी । जापानले घरमै बसेर कोरोना परीक्षण गर्न सकिने विधिको विकास गरेको छ । नाकबाट स्वाव लिएर परीक्षण गर्न सकिने उक्त विधिबाट अब धेरै मानिसहरुले घरमै बसेर कोरोना परीक्षण गर्न सक्नेछन् । जापानको अनुसन्धानकर्ताहरुको एक टोलीले उक्त विधि विकास गरेको हो । उक्त परीक्षण विधिबाट २५ मिनेटमै नतिजा प्राप्त हुने जनाइएको छ ।
जापानी विश्वविद्यालयहरुसँग मिलेर काम गरिरहेको एक मेडिकल फर्मले उक्त परीक्षणको काम गरिरहेको बताइएको छ । यो विधिबाट कुनै पनि मानिसले आफ्नै घरमा बसेर कोरोना परीक्षण गर्न सक्ने र २५ मिनेटपछि नतिजासमेत हेर्न सक्नेछ । बेलायतमा पनि यो खालको विधिको परीक्षण भैरहेको छ । यो परीक्षण सफल बनाउनका लागि १४ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरु खटिइरहेको बीबीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण