नागकिरता विधेयकको विरोधमा जसपाद्वारा आन्दोलन घोषणा
काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) ले नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
सो विधेयकप्रति आपत्ति प्रकट गर्दै जसपा नेपालले असार १६ गतेका लागि विरोधका कार्यक्रम घोषणा गरेको छ ।
जसपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आज जारी गरेको विज्ञप्तिमा सो संशोधन प्रस्ताव पारित भए महिला हिंसालाई प्रोत्साहन गर्ने दावी गरिएको छ ।
ठाकुर र यादवले विधेयकले महिला र पुरुषबीच लैगिंक विभेद गर्नुका साथै अर्कातिर युगौदेखि नेपाल–भारत र अन्य मुलुकका जनताबीच रहेको पारिवारिक, समाजिक, साँस्कृति, धार्मिक आदि सम्बन्धलाई अवरुद्ध गरेको दावी गरेका छन् ।
संविधानको मूल्य, मान्यता र मर्म तथा प्राकृतिक न्यायको सिद्धान्त विपरित रहेको संशोधन प्रस्तावले महिला अधिकारको हनन् भएको उल्लेख गर्दै उनीहरुले विगतका नागरिकता ऐनमा भएका वैवाहिक अंगीकृत व्यवस्थालाई नै यथावत राखिनु माग गरेका छन् ।
नेपाली नागरिकसँग विवाह गरेका विदेशी नागरिकले आफ्नो मुलुकको नागरिकता परित्याग गर्ने कारवाही चलाएको प्रमाणका आधारमा नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरिनुपर्ने माग जसपाको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाको पहिलो दिन कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण