अभिनेता गोबिन्दाको कारलाई यशराजको कारले ठक्कर दियो, भित्र थिए छोरा यशवर्धन
बुधबार राती करिब साढे ८ बजे मुम्बईको जुहू इलाकामा अभिनेता गोबिन्दाका छोरा यशवर्धन आहुजाको कार दुर्घटनाको शिकार भयो । प्रहरी स्रोतका अनुसार उनको कारलाई आदित्य चोपडाको यशराज फिल्म्ससँग जोडिएको एउटा कारले ठक्कर दियो । यद्यपि, दुर्घटनामा दुबै कारमा सवार कसैलाई पनि गम्भीर चोट भने लागेन ।
भारतीय सञ्चार माध्यमका अनुसार गोबिन्दाको कारमा उनका छोरा यशवर्धन आशूजा र ड्राइभर थिए । यशराजको कारलाई एक ड्राइभरले चलाइरहेका थिए । जूहू प्रहरीका अनुसार यो मामिलामा कसैको पनि ऊजुरी दर्ता भएको छैन । मामिलाई दुबै पक्षले आपसी समझदारीमा सुल्झाएका छन् ।
बलिउडमा प्रवेश गर्न सक्छन् यशः
५६ वर्षका गोबिन्दाका दुई सन्तान छन् – छोरी टीना र छोरा यशवर्धन । टिना बलिउडमा प्रवेश गरिसकेकी छिन् र गोबिन्दालाई अब यशबाट ठूलो आशा छ । यशले लण्डनबाट फिल्म मेकिङको पढाई गरेका छन् । उनले फिल्म निर्माता साजिद नाडियाडवालाको मार्केटिङ टीममा पनि काम गरे । यशले सलमान स्टारर ‘किक’ को सिक्वेलबाट डेब्यू गर्ने खबर सार्वजनिक भएको थियो तर कोरोना लकडाउनका कारण उक्त प्रोजेक्ट अड्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण