युएईबाट थप एक सय ४६ नेपाली स्वदेश फर्किए
युएई – कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका थप एक सय ४६ जना नेपाली आज नेपाल फर्किएका छन्।
नेपाल एयरलाइन्सको उडान नम्बर आर– ए २२९२ मार्फत युएईको दुबई बिमानस्थलबाट आज बिहान एक सय ४६ जना स्वदेश फर्किएका हुन्।
आज फर्कनेहरुमा फ्लेक्स फेसेलिटी म्यानेजमेन्ट्का १ सय २० जना, सिटीमेड फेसेलिटी म्यानेजमेन्ट्को १० जना, इमिरेट्स क्यावको ६ जना, २ जना गर्भवती र ५ जना बिमारी र ३ जना भिसिट भिषामा विचल्लीमा परेकाहरु हुन्। उनीहरु दूतावासको प्राथमिकतामा परेका पीडितहरु हुन्।
उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन्। उनीहरुलाई विमानस्थलमा नै निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो।
उनीहरुको सहजीकरण र बिदाइको लागि नेपाली दूतावासका आबुधावीका श्रम सहचारी मोतिराम भुसाल, श्रम काउन्सिलर निर्मला थापा, जनसंपर्क अधिकृत इरफान आलम र सहदेव गिरी दुबई विमानस्थल पुगेका थिए।
साथै, गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व उप संयोजक मनोज कुमार श्रेष्ठ गोर्खाली एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पा र कोषाध्यक्ष विकास शाही पनि विमानस्थल पुगेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण