स्वास्थ्यमन्त्रीको बोली एउटा, वास्तविकता अर्कै
काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ ।
पछिल्लो एक सातामा औसत दैनिक पाँच हजार आठ सय नौ जनाको मात्रै कोरोना परीक्षण हुँदै आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले गत २६ जेठमा बसेको संसद् बैठकमा १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने जानकारी दिएका थिए ।
निजी प्रयोगशालाले तीन हजार र बाँकी सरकारी ल्याबबाट गरी प्रतिदिन १० हजारको पिसिआर विधिमा परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी थियो । जनशक्ति व्यवस्थापन, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र निजी क्षेत्रबाट परीक्षण गर्ने गरी तयारी अगाडि बढाइएको स्वास्थ्यमन्त्री ढकालले बताएका थिए । प्रतिप्रदेशबाट एक हजारका दरले र निजी क्षेत्रबाट तीन हजारका दरले प्रतिदिन परीक्षण हुने बताए पनि कार्यान्वयन भएन ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले आज (सोमबार)देखि दैनिक १० हजारको हाराहारीमा कोरोना परीक्षण गर्ने गरी तयारी भएको बताए । उनले भने, ‘दैनिक आठ हजार जनाको कोरोना परीक्षण गर्ने गरी क्षमता अभिवृद्धि भएको छ ।’ यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण