कोरोना संक्रमणबाट रौतहटका एक युवाको मृत्यु
रौतहट । रौतहटमा पहिलो पटक कोरोनाभाइरस संक्रमणबाट एक युवाको मृत्यु भएको छ ।
फतुवा विजयपुर ७ का २९ वर्षीय युवाको गएराति मृत्यु भएको हो । लामो समयदेखि हृदयरोग बाट ग्रसित युवकको उपचारको क्रममा ललितपुरस्थित स्टार अस्पतालमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
मृतकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
फतुवा विजयपुर नगर स्वास्थ सह–संयोजक प्रभु पटेलका अनुसार लामोसमय देखि हृदय रोगबाट ग्रसित ती युवकलाई केही दिन अघि उपचारको लागि वीरगंजस्थित नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियोे । बयोधामा अवस्था सुधार नहुँदा गत शुक्रबार राति एम्बुलेन्सबाट ललितपुर स्थित स्टार अस्पतालमा पठाएको सहसंयोजक पटेलले जानकारी दिए ।
मृतक युवक केही महिनाअघि वीर अस्पतालमा पनि भर्ना भएको पटेलले बताएका छन् । कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टिसँगै उनको परिवारका सबै सदस्य र एम्बुलेन्स चालकसमेतलाई फतुवा बिजयपुरस्थित क्वारेन्टिनमा राखिएको छ ।
रौतहटमा आइतबारसम्म कोरोना संक्रमितको संख्या ११ सय ८९ पुगेको थियोे । रौतहटमा कोरोना जितेर घर फर्किनेको संख्या ७ सय ७१ रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण