मूल्य आकाशिएपछि सुनसान बन्यो सुनचाँदी बजार
काठमाडौं । सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएपछि सुचनाँदी बजार सुनसान बनेको छ ।
सरकारले बजेट मार्फत सुनमा कर बढाएको र अन्तर्राट्रिय बजारमा सुनको मूल्य आकासिदा नेपालमा पनि सुनचाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि फाइन गुणस्तरको सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९० हजार ८ सय ६० रुपैयाँ तोकेको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँ तोकिएको छ । सोमबार तोकिएको सुनको मूल्य हालसम्मकै उच्च हो । सुनको भाउ बढेपछि बजारमा सुनका गरगहना विक्री हुन छाडेको व्यवसायीहरुले बताएका छन् ।
व्यवसायीहरुले बिबाहको सिजनमा पनि अत्यावस्यक गरगहना बाहेकका कुनैपनि गरगहना विक्री नभएको बताएका छन् । सुनको मूल्य बढेर भन्दा पनि लकडाउनका कारण मानिसहरु आउन नपाउँदा बजार प्रभावित भएको व्यवसायीहरु बताउँछन् ।
सुनको मूल्यमा उच्च वृद्धि हुँदा बजारमा गहना खरिद गर्ने भन्दा विक्री गर्न आउने बढी रहेको व्यवसायीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण