गोरखामा आज थपिएका ५ जना संक्रमित सबै भीमसेन गाउँपालिकाका
गोरखा।गोरखा जिल्लामा आज थप ५ जना कोरोना संक्रमित भनिएका सबै भीमसेन थापा गाउँपालिका बासिन्दा रहेको खुल्न आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले गोरखाका ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित हुनेहरुमा गाउँपालिकाको शान्ति मावि वगुवा क्वारेन्टाइनका एक जना, विन्द्रावती मावि मसेलका २ जना र जनजागृती आधारभूत विद्यालय अश्राङ क्वारेन्टाइनका २ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ।
थप ५ जनामा कोरोना संक्रमित भएसँगै गोरखाको भीमसेन थापा गाउँपालिकामा संक्रमितको संख्या ३४ पुगेको छ।
संक्रमितहरु सबै भारतबाट आएका हुन्।आज थपिएका ५ जनासँगै गोरखामा संक्रमितको संख्या ८३ पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण