महामारीको सबैभन्दा खराब समय आउनै बाँकी छः डब्ल्यूएचओका प्रमुख
संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या १ करोड पार भएको छ ।
६ महिना अघि मात्रै फैलिएको यो संक्रमणका कारण अहिलेसम्म पाँच लाखको मृत्यु भइसकेको छ ।
थुप्रै देशमा त स्वास्थ्य व्यवस्था पूर्ण रुपमा धरासयी भइसकेको छ । यो महामारीका कारण विश्वव्यापी अर्थव्यवस्था नराम्रो अवस्थाबाट गुज्रिरहेको छ ।
तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि यो महामारीको सबैभन्दा खराब स्वरुप देखिन बाँकी नै भएको मान्यता राखेको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहम गेब्रियाससले यदि संसारभरीका सरकारले सही नीतिको पालना नगरेको खण्डमा भाइरसले थप व्यक्तिलाई संक्रमित गर्न सक्ने धारणा व्यक्त गरेका छन् ।
सोमबार एक भचुअल ब्रिफिङमा टेड्रोसले भने, ‘हामी सबै यो चाँडै नै उन्मुलन होस् भन्ने चाहन्छौं । हामी सबै आफ्नो दैनिक काम कारवाहीमा फिर्ता हुन चाहन्छौं तर तितो सत्य यो हो कि हामी अहिले पनि यो महामारी उन्मुलन हुने यात्रामा निकै टाढा छौं ।’
‘यद्यपि, केही देशले प्रगति गरेका छन् तर विश्वव्यापी स्तरमा महामारी फैलने गती तीब्र भइरहेको छ । संसारभरी १ करोड संक्रमित र पाँच लाख व्यक्तिको मृत्युपछि पनि विश्व स्वास्थ्य संगठनले भाइरस फैलन पहिचान गरेका समस्या जस्तै राष्ट्रिय एकतामा कमी, विश्वव्यापी एकजुटतामा कमी, विभाजित देशलगायतलाई सुल्झाउन नसकेको खण्डमा खराब समय त अझै आउनै बाँकी छ ।’
टेड्रोसले सरकारलाई जर्मनी, दक्षिण कोरिया र जापानले अपनाएको बाटोमा हिँड्न आग्रह गरेका छन् । यी देशले लगातार ट्रेसिङ र टेस्टिङको नीति अपनाएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण