कोरोना कोषबाट एकैपटक साढे ५५ करोड बढी निकासा
मङ्गलबार, १६ असार २०७७, ०७ : २१
काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट एकैपटक साढे ५५ करोड रुपैयाँभन्दा बढी झिकेर खर्च गरेको छ ।
९ असारमा बसेको कोष सञ्चालन समितिको सिफारिसबमोजिम महालेखा नियन्त्रक कार्यालयले ५५ करोड ६३ लाख रुपैयाँ निकासा गरेको हो ।
कोष सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको सातौं बैठकको निर्णयअनुसार महालेखा नियन्त्रक कार्यालयले सो रकम निकासा गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके घटना : खुट्टामा गोली लागेका सुशीलको भेरी अस्पतालमा उपचार हुँदै
-
इजरायललाई बाइडेनको चेतावनी : रफाहमा कारबाही सुरु गरे हतियार आपूर्ति बन्द गर्छौं
-
पारदर्शिता र सुशासन एक अर्काको पूरक : राष्ट्रपति
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश मनोज शर्माको इजलासमा
-
सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्दा चाँदीको बढ्यो
-
कांग्रेस संसदीय दलको बैठक स्थगित