युभेन्टसको जीतमा रोनाल्डोको उत्कृष्ट गोल
क्रिस्टियानो रोनाल्डोले लामो दुरीबाट उत्कृष्ट गोल गर्दा साबिक विजेता युभेन्टसले जेनोआलाई ३–१ गोलअन्तरले हराउँदै इटालियन सिरिए ए को शीर्ष स्थानमा चार अंकको अग्रता कायम गरेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोसो हाफ सुरु भएको पाँचौ मिनेटमा पाउलो डिबालाले एक्लो प्रयासमा गोल गर्दै युभेलाई अग्रता दिलाए । त्यसपछि रोनाल्डोले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
यो सिजन उनको यो २४ औँ गोल थियो । सन् १९६०–६१ मा ओमार सिभोरीपछि सिजनमा २५ गोल गर्ने दोस्रो खेलाडी बन्न रोनाल्डो मात्र एक गोलले टाढा रहेका छन् ।
डगलग कोस्टाले युभेन्टसलाई तीन गोलको अग्रता दिलाए । तर, लगत्तै आन्द्रेया पिनामोन्टीले गोल फर्काए । उनको गोल सान्वना गोल मात्र बन्यो ।
युभेन्टसको ७२ अंक रहेको छ र दोस्रो स्थानमा रहेको लाजियोभन्दा ४ अंकले अघि रहेको छ । मंगलबार नै लाजियो टोरिनोलाई २–० ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण