जनकपुर प्रवेश गर्नेले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने
जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा प्रवेश गर्नेहरुका लागि २ साता क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम प्रवेश गर्ने हरुका लागि यस्तो नियम लागू गरेको हो ।
कोरोना भाइरसको संक्रमण निरन्तर फैलिरहेकोले यसबाट नागरिकलाई बच्न र बचाउनका लागि थप सतर्कता अप्नाउन गृहमन्त्रालयको सर्कुलर अनुसार नै सो नियम बनाइएको प्रशासनका कार्यालयले जनाएको छ । कोरोना भाईरस नियन्त्रण, रोकथाम र उपचारलाई मुलुकभर प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रवेश गर्ने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । कोरोना संक्रमितको संख्या बढिरहेका बेला जिल्लामा थप संक्रमण भित्रिन नदिन यस्तो कडाई गरिएको उनले बताए ।
जनकपुरसहित काठमाडौं, पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल, भैरहवा, वीरगञ्ज, धनगढीजस्ता बढी जनघनत्व भएका शहर तथा जिल्ला सदरमुकामहरुमा आवतजावत गर्दा अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइन अथवा होम क्वारेन्टिनमा बस्नु पर्ने नियम गृहमन्त्रालयले बनाएको छ । क्वारेन्टिनमा बसेपछि मात्र आवागमनको अनुमति दिनेगरि व्यस्था मिलाउन गृहमन्त्रालयले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी समेत रहेका प्रशासकीय अधिकृत गणेश मिश्रले बताए ।
धनुषाामा २ हजार १ सय १५ शयया क्षमताका ५२ वटा क्वारेन्टाइन निर्माण गरिएको छ । जिल्लामा अहिले ६ सय ३८ जना बाहिरी क्वारेन्टाइनमा र ४ सय जना होम क्वारेन्टिनमा रहेका छन् भने १ सय ४५ बेड क्षमताको आइसोलेसनमा ८१ जनालाई राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण