दलित समूदायलाई राहत वितरण गर्दा विभेद गरिए कार्वाही गर्ने मन्त्रीको चेतावनी
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले कोरोना भाईरस पीडित दलित समूदायलाई राहत वितरण गर्ने काममा विभेद गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । मन्त्री गुरुङले राहत, सुरक्षा सामग्री वितरणलगायतको काममा कतै विभेद गरिएको सूचना पाए तत्काल आफूलाई जानकारी गराउन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।
‘एशिया दलित अधिकार फोरम’द्वारा बुधबार ललितपुरमा आयोजित ‘अर्चुअल’ बैठकमा बोल्दै उनले कोरोना भाईरसको महामारीबाट पीडितलाई राहत दिने, सुरक्षालगायतका सामग्रीहरुको व्यवस्थापन गर्ने काममा विभेद नहोस् भन्नेमा सरकार सचेत रहेको पनि स्पष्ट पारे । ‘कहिँकतै त्यस्तो विभेद गरेको प्रमाणित भए सरकारले कडा कार्वाही गर्ने’ मन्त्री गुरुङको प्रतिवद्धता व्यक्त गरे ।
मन्त्री गुरुङले दलित मुक्ति आन्दोलनलाई सफल बनाउन सामाजिक अभियाननै सञ्चालन गर्नुपर्ने भन्दै त्यसमा साथ दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरे । उनले दलितहरुलाई सामाजिक, आर्थिक उत्पीडनबाट मुक्त गराउन सरकारले ‘उद्यमशीलता र उत्पादन’ को काममा सहभागी गराउने नीति तथा कार्यक्रम अघि बढाइएको स्मरण गर्दैै दलितहरुलाई विभेद हुनबाट जोगाउन शिक्षा, चेतना र सोचमा परिवर्तन गर्नुपर्नेमा जोड दिए । बैठकमा दलित अधिकारकर्मीहरुले कोरोना भाईरसबाट पीडित दलितहरुमाथि राहत वितरणमा समेत विभेद हुने गरेको गुनासो गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण