एउटा चुम्बनको दृश्यले १० वर्षसम्म रोकिएको थियो रेखाको यो फिल्म
एजेन्सी – बलिउड फिल्म उद्योगको वर्तमान अवस्थामा निकै परिवर्तन आइसकेको छ । आजभोलि कुनै पनि फिल्म हिट बनाउनको लागि फिल्ममा बोल्ड गित वा बोल्ड सीन जरुरी नै भएको छ । तर, बलिउडमा पनि कुनै समय यस्तो थियो जतिबेला एउटा चुम्बनको दृश्यले फिल्म नै रोकिन्थ्यो ।
यसैबीच, बलिउडकी सबैभन्दा सुन्दर र सदाबहार अभिनेत्री रेखाले एउटा फिल्ममा दिएको बोल्ड सीनका कारण सबै आश्चर्यमा परेका थिए । उनले दिएको सीनका कारण फिल्ममाथि सेन्सरसीप लागेको थियो ।
सन् १९६९ मा रेखाले फिल्म ‘अंजाना सफर’ मा मुख्य भूमिका निभाएकी थिइन् । उनीसँगै भूमिकामा थिए बिस्वजीत । फिल्मको एउटा सीनमा रेखाले बिस्वजीतलाई चुम्बन गरेकी थिइन् । जसको कारण रेखा निकै चर्चामा आइन् । र उक्त सीनका कारण फिल्ममाथि सेन्सर बोर्डमा मुद्दा दर्ता भयो । र फिल्म रिलीज भएन । त्यसपछि फिल्म १० वर्षपछि मात्रै सन् १९७९ मा रिलीज गरियो ।
फिल्म रिलीज भए पनि निकै झन्झट बेहोर्नुपरेको थियो । फिल्मको नाम ‘अंजाना सफर’ नै सबैभन्दा समस्याको विषयमा बनेको थियो । त्यसैले फिल्मको नाम परिवर्तन गरेर ‘दो खिलाडी’ राखी रिलीज गरिएको छ ।
फिल्म निकै लामो समयपछि रिलीज भएको भए पनि रेखा र विनोद खन्नाका प्रशंसकहरुले उनीहरुको कामको निकै प्रशंसा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण