बझाङमा पहिरोले पुरिएर एकै घरका ३ जनाको मृत्यु, ४ बेपत्ता
बझाङ । बझाङको केदार स्युँ गाउँपालिका – ८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् ।
शुक्रबार अविरल बर्षासँगै आएको पहिरोले च्यापिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता रहेको स्थानीय कलक बोहराले जानकारी दिए ।
पहिरोले पुरिएर केदार स्युँ गाउँपालिका–८ का ४२ वर्षीय राममती देवी जेठारा उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको शब फेलाको परेको उनको भनाइ छ ।
गएराती १ बजेतिर गएको पहिरोले माटोसँगै ढुङ्गा बगाएर ल्याउन थालेपछि स्थानीयको भागाभाग समेत भएको सूदूरपश्चिप प्रदेह प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए ।
अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले १७ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ ।
पहिरो घर पुरिएर धनजनको क्षति भएको खबर प्राप्त भएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली पठाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश बमले बताए ।
उनले स्थानीयले ३ जनाको शव समेत फेला पारिसकेको र अन्यको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।
खोला किनारमा रहेको बाटोमा बाढी आएका कारण प्रहरी घटनास्थल पुग्न सकेको छैन । उक्त स्थान पुग्न झोताबाट ३,४ घण्टा उत्तरतर्फ पैदल हिँड्नुपर्छ ।
अन्य क्षतिको विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण