कर्णालीमा कोरोना निको हुनेको सङ्ख्या १२०० नाघ्यो
कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणपछि निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार २०० नाघेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो चौबिस घण्टामा विभिन्न आइसोलेशनबाट २३ जना डिस्चार्ज भएसँगै कोरोना निको हुने सङ्ख्या १२०१ पुगेको हो ।
पछिल्लो चौबिस घण्टामा कोरोना जितेर घर जानेहरुमा दैलेको आठबीस आइसोलेशनबाट २० र प्रदेश अस्पताल सुर्खेतबाट तीनजना रहेका छन् । सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाद्वारा नियमित मिडिया ब्रिफिङमा पछिल्लो चौबिस घण्टामा छ जना कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले दैलेख जिल्ला अस्पतालस्थित प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परीक्षणमा जानकारी दिए ।
थपिएका सङ्क्रमितमध्ये सल्यानको दार्मा गाउँपालिकाका पाँच र दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकजना रहेका छन् । कर्णालीमा कूल सङ्क्रमितको सङ्ख्या एक हजार ४८९ पुगेको छ भने ६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, २८२ जनामात्र आइसोलेशनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा युवा सङ्घका नेता कार्यकर्ताबिच झडप
-
वडाध्यक्षले कर्मचारी कुटेपछि पोखराका कर्मचारीको पेन डाउन
-
मुम्बईका कप्तान हार्दिक पाण्ड्या र गुजरातका प्रशिक्षक आशिष नेहरालाई जरिवाना
-
मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्नु हुँदैन : प्रधानमन्त्री
-
गभर्नर नियुक्तिको विषय संसद्मा प्रवेश
-
प्रदीप नेपालको ‘आत्मस्वीकृति’ : मलामी बोलाउने र खुवाउने काम नगरियोस् !