राष्ट्रपतिलाई विवादमा नतान्न प्रवक्ता श्रेष्ठको आग्रह
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले आ–आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह गरेका छन् । शनिवार बेलुका गर्दै ट्वीट गर्दै नेकपा सचिवालय सदस्य समेत रहेका श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।
‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो । यो गरिमामय संस्थालाई कसैले पनि आआफ्नो स्वार्थका लागि विवादमा नतानौं’, श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्रीहरुसँग आफु र राष्ट्रपतिमाथि षड्यन्त्र हुन लागेको र राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको भनाईप्रति लक्षित गर्दै यस्तो अनर्गल झुठा प्रचार कसैलाई पनि नगर्न भनेका छन् । ‘राष्ट्रपति संस्थाको अवमूल्यन नगरौं । राष्ट्रपतिज्यू स्वयंको पनि ध्यान जाने नै छ’, राष्ट्रपति स्वयंको पनि यसतर्फ ध्यान जानुपर्ने श्रेष्ठको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण