१० वर्षीया बालिका हत्या प्रकरण : अघोरी बाबासहित २० जना पक्राउ
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाकी एक बालिकालाई बलात्कार गरी हत्या गरिएको आशंकामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।
शुक्रबार शव फेला परेको दिन प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था स्थित घाटमा बस्ने एक अघोरी बाबासहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकोमा अहिले थप १८ जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको हो ।
घटनास्थलबाट प्रमाणको रुपमा ब्लैंकेट समेत फेला पारेको प्रहरीले जनाएको छ ।
शनिबार नै ७ जना डाक्क्टरको समूहले ती बालिकाको शवको पोस्टमार्टम गरेपनि रिपोर्ट भने अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
पोष्टमार्टम रिपोर्ट नआउञ्जेलसम्म हत्यापूर्व बलात्कार भएको हो वा होइन भन्ने आशंका पुष्टि गर्न नसकिने उनले बताए ।
प्रकृति हेर्दा हत्या नै गरेको हो भन्न सकिने भएपनि यथार्थ चित्र पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बाहिरिने प्रवक्ता कार्कीले स्पष्ट पारे ।
यता धनुषाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतले अनुसन्धान तीव्र रुपमा अगाडि बढाइएको भन्दै अनुसन्धानका लागि २० जना पक्राउ परेको बताए ।
यसैबीच नेपाली कांग्रेस जनकपुरधाम नगर समितिका सभापति मनोजक साहले बालिकाका हत्यारालाई कडा कारवाहीको माग गरेका छन् ।
गत बुधबार विहान ११ बजे भैसी चराउन घरबाट निस्केका १० वर्षीय नाबालिका कञ्चन कुमारी पजियारको शव शनिबार स्थानीय दुधमती नदी किनारामा शव फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण