नलगाड नगरपालिकामा ‘एक सांसद, एक नमूना कृषि कार्यक्रम’
जाजरकोट । नलगाड नगरपालिका–५ चारगाउँमा ‘एक सांसद एक नमूना कृषि कार्यक्रम’ सञ्चालनमा आएको छ । पचास घरधुरीदेखि १४० घरधुरीसम्मलाई लक्षित गरी अर्गानिक प्रबर्द्धन कार्यक्रम शुरु गरिएको हो । सो कार्यक्रमबाट १२० घरधुरीलाई कृषि सडक, सिँचाइ र व्यावसायिक तरकारीखेती गर्न सहयोग गरिएको छ ।
त्यस्तै १४० घरधुरीलाई १८ हजार कागतीका बिरुवा वितरण गरिएको नलगाड नगरपालिकाकी प्रवक्ता राममाया हमालले जानकारी दिइन् । खेती गर्ने जमिन नभएकालाई मौरीसहितका १८ वटा घार वितरण गरिएको छ । त्यस्तै वडा ५ वासिन्दालाई आठ हजार टिमुरका बिरुवा वितरण गरिएको छ ।
एक सय २० घरधुरीलाई कृषि सडकका साथै सिँचाइ सुविधा पनि उपलब्ध गराएको लक्षित वर्ग अर्गानिक कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालक समितिका अध्यक्ष प्रशान्त शर्माले जानकारी दिए । नब्बे लाखको कार्यक्रम सञ्चालन गरिएको प्रदेशसभा सदस्य कृष्णा शाहले बताए । नगरपालिकाले पनि विभिन्न पकेट क्षेत्र बनाएर कृषि क्षेत्रलाई बलियो बनाउन लगानी वृद्धि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण