प्रहरीलाई कुटपिट गरी फरार हत्या आरोपी पक्राउ
कैलाली । प्रहरी हिरासतबाट फरार भएका गणेशबहादुर ऐरलाई प्रहरीले प्रकाउ गरेको छ । खाना खाएर हात धुने बेला गार्डमा रहेका प्रहरीलाई कुटपिट गरी फरार भएका ऐरलाई आज प्रहरीले पकाउ गरेको हो ।
कैलालीको चुरे गाउँपालिका–६ को सिराडी ग्वासी माविको जङ्गलको खेतमा हिनिरहेको अवस्थामा पकाउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले रातोपाटीलाई जानकारी दिए । उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको बताए ।
आफ्नै हजुरआमा हत्या अभियोगमा कैलालीको ईलाका प्रहरी कार्यालय फल्टुडेको थुनामा रहेका ऐर बुधबार राति ९ बजे फरार भएका थिए । फरार भए लगत्तै ऐरलाई खोजबिन गरी पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवतmा एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा टोली खटिएको थियो ।
ऐरले गत २३ गते घरमा कोही नभएको मौका छोपी दिउँसो ३ बजे आफ्नै हजुरआमालाई फलामको रडले घाटीमा प्रहार गरी घाइते बनाइ घरको पश्चिमतिरको अरहरको झाडीमा लगेर धारिलो हतियारले प्रहार गरी हत्या गरेका थिए । शवलाई झाडीले छोपी राखेको अवस्थामा प्रहरी फेला पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण