पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्वद्ध विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।
कोरोना महामारीले पिल्सिएको बेला पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताको घाउमा नुन चुक छरेको आरोप राष्ट्रिय प्रजातान्त्रिक बिधार्थी संगठन (संयुक्त) को छ ।
संगठनका अध्यक्ष धनसुर शाहीले शनिबार विज्ञप्ति जारी गर्दै भने, ‘हिजो रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता लिन राष्ट्रीय प्रजातान्त्रिक बिधार्थी संगठन (संयुक्त) जोडदार माग गर्दछ ।’
‘कोरोना भाइरसको महामारीले जनताको जीवनयापन अत्यन्तै असहज र कष्टकर भइरहेको बेला जनतालाई राहत दिनुको सट्टा सरकारले झन् पिडा दिन खोजेको छ । एकातिर देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री भोक र रोगबाट जनतलाई जोगाउने भन्छन्, अर्कोतिर १० दिन नपुग्दै पेट्रोलियम पदार्थको मूल्य पुनः बढाउछन्,’ शाहीले भने ।
‘यस्तो बेला पेट्रोलियम पदार्थको मूल्य बढाउनु भनेको जनताको घाउमा नुन चुक छर्कनु जस्तै हो किनकी पेट्रोलियम पदार्थको मूल्य बढाउनु भनेको सबै क्षेत्र र बस्तुमा मूल्यवृद्धि हुनु हो,’ विज्ञप्तिमा भनिएको छ ।
स्मरण रहोस् १० दिन अगाडी मात्र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २–२ रुपैयाँले मूल्य वृद्धि गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरमा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षको राष्ट्रिय सम्मेलन हुँदै
-
राजावादी समूहको नयाँ रणनीति : राजसंस्था पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन गर्ने
-
पोखराको कोटी होममा किन पुगे राजेश हमाल ?
-
ग्राण्डी अस्पतालमा स्कोलियोसिस सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
-
प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने
-
बागमती सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित