पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्वद्ध विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।
कोरोना महामारीले पिल्सिएको बेला पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताको घाउमा नुन चुक छरेको आरोप राष्ट्रिय प्रजातान्त्रिक बिधार्थी संगठन (संयुक्त) को छ ।
संगठनका अध्यक्ष धनसुर शाहीले शनिबार विज्ञप्ति जारी गर्दै भने, ‘हिजो रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता लिन राष्ट्रीय प्रजातान्त्रिक बिधार्थी संगठन (संयुक्त) जोडदार माग गर्दछ ।’
‘कोरोना भाइरसको महामारीले जनताको जीवनयापन अत्यन्तै असहज र कष्टकर भइरहेको बेला जनतालाई राहत दिनुको सट्टा सरकारले झन् पिडा दिन खोजेको छ । एकातिर देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री भोक र रोगबाट जनतलाई जोगाउने भन्छन्, अर्कोतिर १० दिन नपुग्दै पेट्रोलियम पदार्थको मूल्य पुनः बढाउछन्,’ शाहीले भने ।
‘यस्तो बेला पेट्रोलियम पदार्थको मूल्य बढाउनु भनेको जनताको घाउमा नुन चुक छर्कनु जस्तै हो किनकी पेट्रोलियम पदार्थको मूल्य बढाउनु भनेको सबै क्षेत्र र बस्तुमा मूल्यवृद्धि हुनु हो,’ विज्ञप्तिमा भनिएको छ ।
स्मरण रहोस् १० दिन अगाडी मात्र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २–२ रुपैयाँले मूल्य वृद्धि गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण