नुवाकोटको पञ्चकन्या गाउँपालिकामा फियनको खाद्यान्न सहयोग
काठमाडौं । कोभिड–१९ प्रभावित नुवाकोटका जनतालाई नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले सहयोग गरेको छ । शनिबार फियन राष्ट्रिय समिति तथा बागमती प्रदेश समितिले नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. २ का बसोबास गर्ने करिब १०० विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरेको हो ।
संघको सामाजिक उत्तरदायित्वको निरन्तरताको रुपमा यो सहयोग गरिएको हो । कार्यक्रममा फियन राष्ट्रिय समितिका महासचिव हरिराज खरेलले कोभिड–१९ को विषम परिस्थितिमा नेपाल वित्तीय संस्था कर्मचारी संघले विगतमा सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा सो कार्यलाई निरन्तरता दिइएको जानकारी गराए ।
त्यस्तै, फियन बागमती प्रदेशका अध्यक्ष रामशंकर बस्नेतले सहयोग कार्यक्रम सम्पन्न गर्नको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिदैँ आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
उक्त राहत वितरण कार्यक्रममा नेपाली काँग्रेसका नेता रामेश्वर थापा, नुवाकोट जिल्ला समन्वय समितिका सदस्य जगदिश फुँयाल, फियन राष्ट्रिय समितिका महासचिव हरिराज खरेल, बागमती प्रदेश समितिका अध्यक्ष रामशंकर बस्नेत, फियन ग्रामीण विकास लघुवित्त शाखाका उपाध्यक्ष कुमार प्रसाद दाहालको सहभागिता थियो । त्यस्तै, स्थानीय नेताहरु कृष्ण मिश्र, माधव खनाल, रामशरण श्रेष्ठको समेत कार्यक्रममा सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण