जनता समाजवादीले पायो आयोगबाट दल दर्ताको प्रमाणपत्र
निर्वाचन आयोगमा जनता सामाजवादी पार्टी नेपाल औपचारिकरुपमा दर्ता भएको छ । जनता समाजवादी पार्टीले आज निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको जनाएको छ ।
राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टीलाई प्रमाणपत्र र आधिकारिक पत्र प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ । समाजवादी पार्टीले एक विज्ञप्ति जारी गर्दै आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको जनाएको छ । यस कार्यका लागि उक्त पार्टीले आयोगप्रति आभार व्यक्त गरेको छ ।
साथै प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग गर्ने पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई बधाई तथा हार्दिक शुभकामना व्यक्त गरेको छ । अग्रगामी परिवर्तनका पक्षधर, सङ्घीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र सामाजवादप्रति समर्पित सम्पूर्ण राजनीतिक शक्ति र व्यक्तिलाई समाजवादी पार्टी नेपालमा आबद्ध हुन पनि समाजवादीले आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाको पहिलो दिन कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण