प्रधानमन्त्रीको नाम जोडेर अनर्गल समाचार प्रसारण गरेकोमा सरकारको आपत्ति
काठमाडौं । केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपाल सरकारका कार्यकारी प्रमुखलाई जोडेर अनर्गल समाचार प्रसारण गरेकामा सरकारले आपत्ति जनाएको छ । ती भारतीय माध्यममा आएका नेपालसम्बन्धी पछिल्ला सामग्री गलत, आधारहीन, असंवेदनशील र नेपालको नेतृत्वलाई आरोपित गर्ने खालको भएको नेपाल सरकारको भनाइ छ ।
सरकारले भारतीय सञ्चारमाध्यमबारे बनाएको धारणामा भनिएको छ, ‘त्यस्ता प्रकारका सामग्रीले गलत सूचना दिने मात्रै नभई न्यूनतम सभ्य समाजको सार्वजनिक प्रतिष्ठालाई क्षतिग्रस्त बनाएको छ । यस्ता प्रकारका प्रभावित सामग्री प्रसारणको अभियानले नेपाल र भारतबीचको भावनामा गम्भीर आघात पुर्याउन सक्नेछ ।’
नेपाल र भारतीबीचको जनस्तरको द्विपक्षीय ऐतिहासिक, सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध तथा अन्य महत्वपूर्ण पक्ष रहेको एवं आपसी सम्बन्ध सार्वभौम समानता, मित्रता, विश्वास र परस्पर सम्मानका आधारमा रहेको नेपालको भनाइ छ ।
आपसी सम्बन्धलाई प्रगाढ बनाउन सञ्चार क्षेत्रले सही सूचनाको प्रवाह तथा सही सोचको निर्माणमा प्रभावकारी र रचनात्मक भूमिका निर्वाह गर्न सक्ने जनाउँदै सरकारले प्रेस स्वतन्त्रताको सीमा र आचारसंहिताका बारेमा पनि स्मरण गराएको छ ।
त्यस प्रकारका गलत, विभाजनयुक्त र घृणायुक्त सामग्रीले नेपाल र नेपाली जनतालाई अवहेलना गरेको जनाउँदै यसले एक्काइसौँ शताब्दीका छिमेकी मुलुकका देशलाई हित नगर्ने पनि स्पष्ट गरेको छ । त्यस्ता सामग्री सम्प्रेषण गर्नेमाथि उपयुक्त कारवाही गर्न र आगामी दिनमा यस्तो नहुने वातावरण निर्माणका लागि भारतीय पक्षसँग आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण