युएई सरकारको भिषासम्बन्धी नयाँ नियम

युएईमा भिसा सम्बन्धी नयाँ नियम लागू भएको छ । जुलाई १२ तारिख देखि नयाँ नियम लागू भएको हो।
युएई सरकारले कोभिड-१९ को कारण यसअघि ३१ डिसेम्बर,२०२० सम्मको लागि सबै किसिमका भिसाको (रेसिडेन्स, भिजिट, टुरिस्ट) भिसाअवधि बढाउने भनिएको नियमलाई खारेज गरेको छ ।
युएई सरकारले गत मार्च १ बाट जुनसुकै भिसा समय अवाधि समाप्त भएका विदेशीहरुको हकमा ३१ डिसेम्बर २०२० सम्म अटोमेटिक भिसा रिन्यु हुने निर्णय परिवर्तन गरेको थियो ।
परिवर्तित नयाँ नियम अनुसार भिसा समय अवधि सकिएको मितिले तीन महिनाभित्र भिसा रिन्यु वा युएई छाड्नु पर्नेछ।
तर जुलाई ११ पछिबाट भिसा समय अवधि समाप्त भएकाहरुले पुरानै नियम अनुसार २८ दिनभित्र नयाँ भिसा लगाउनु पर्ने अथवा युएई छाड्नु पर्ने जनाइएको छ।
भिसा सकिएर नेपालमा हुनेहरुको हकमा ६ महिना भित्र युएई आउन सक्नेछन्। तर ६ महिना पार भएकाहरुको हकमा भने दुई देश बीचको हवाई यातायात सुचारु भएको एक महिना अवधीलाई ग्रेस पिरिअड दिएको छ।कमर्सियल फ्लाईट खुलेको १ महिना भित्रमा यूएई आएर नयाँ भिसा लगाईसक्नु पर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्वान गुरुङले अधिवेशन गर्न सक्दैनन् भन्दै तरुण दलद्वारा मोटरसाइकल र्याली
-
पत्रकार हुँ भनी कर्मचारीलाई धम्काएर रकम असुल्ने नासुसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
कृषि क्षेत्रको विकासका लागि एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्नुपर्छ : सांसद शाक्य
-
आर्सनलमै रहने भए ब्राजिलियन डिफेन्डर ग्याब्रियल
-
वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनमा कार्यकर्ताहरू नाचगानमा व्यस्त (तस्बिरहरू)
-
तस्बिरमा हेर्नुहोस् ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’