ईन्द्रदह नजिक मोटरसाईकल भिरबाट खस्यो, चालकको मृत्यु
काठमाडौं । काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं १ ईन्द्रथान (इन्द्रदह)नजिकै मोटरसाईकल भिरबाट खस्दा १ जनाको मृत्यु भएको छ । ईन्द्रथानबाट नैकापतर्फ आइरहेको बा ६६ प ५८६६ नम्बरको मोटरसाईकल एक्कासी अनियन्त्रित भई सडकबाट खस्दा १ जनाको मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले दुर्घटनामा परि मोटरसाईकल चालक चन्द्रागिरि १५ ढुंगेअड्डा बस्ने ३४ वर्षीय रूपेश खड्काको शहिद मेमोरियल अस्पतालमा मृत्यु भएको बताए ।
प्रहरी नायव उपरीक्षक श्रेष्ठकाअनुसार सोही स्थानका ३५ वर्षीय विजय शाही ठकुरी घाईते भएको अवस्थामा तत्काल महानगरीय प्रहरी विट विन्दवासिनी, महानगरीय प्रहरी प्रभाग बलम्बु र स्थानीयबासीहरूले उद्दार गरी अस्पताल पठाइएको उनले जानकारी दिए । ठकुरीको शहिद मेमोरियल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण