ओली–प्रचण्ड वार्ता भोलि पनि जारी राख्ने
मङ्गलबार, ३० असार २०७७, १४ : ३५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबारको वार्ता सकिएको छ ।
बालुवाटारमा ५ दिनपछि मंगलबार दुई अध्यक्षबीच करिव एक घण्टा वार्ता भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
‘भोलि पुनः वार्तामा बस्ने कुरा भएको छ । अरु केही भएको छैन’, सापकोटाले भेटवार्ताबारे रातोपाटीसँग भने ।
स्रोतका अनुसार मंगलबारको ओली–प्रचण्ड वार्ता विगतकै निरन्तरताका रुपमा मात्रै रहेको बुझिएको छ ।
नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग उठेको छ भने ओली राजीनामा नदिने पक्षमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण