पौडी खेल्न जाँदा बेपत्ता
बुधबार, ३१ असार २०७७, २० : ०४
रुकुम (पूर्व)मा दहमा डुबेर एक जना बेपत्ता भएका छन् । सिस्ने गाउँपालिका वडा नम्बर १ मा रहेको गुप्ता दहमा डुबेर लजिम बुढा बेपत्ता भएका हुन् ।
भैँसीखर्क जानुभएका १८ वर्षीय बुढा आज पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर बुढाले जानकारी दिए ।
बर्खाका समयमा लेकतिर गाईभैँसी लिएर खर्क जाने प्रचलन छ । वडा नम्बर १ भट्टेचौरबासी गुप्ता दहको खर्कमा भैँसी चराउन गएका थिए । वडाध्यक्ष बुढाका अनुसार पौडी खेल्न गएकामध्ये सिर्जन बुढा बाँच्न सफल भएको तर लजिम डुबेर बेपत्ता भएका छन् ।
अहिले स्थानीयवासीले लजिमको खोजी गरिरहेका छन् भने प्रहरीलाई पनि खबर गरिएको अध्यक्ष बुढाले बताए । सडक सुविधा नभएको उक्त ठाउँमा जिल्ला सदरमुकाम रुकुमकोटबाट जान हिँडेर दुई दिन लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण