शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घुस लिएको अभियोगमा इञ्जीनियर पक्राउ

बिहीबार, ०१ साउन २०७७, ०८ : ३९
बिहीबार, ०१ साउन २०७७

बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेको अख्तियार पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले बताए ।

अधिकारी लामो समयदेखि पोखरामा बस्दै आएका थिए । घुस रकम लिएर सेवाग्राहीलाई अधिकारीले असार मसान्तको बहानामा पोखरा बोलाएको आयोगले जानकारी दिएको छ । 

आफूले गरेका काममा तलदेखि माथिसम्म सबैको चित्त बुझाउनुपर्ने भन्दै उनले रु एक लाख घुस मागेका थिए । सुराकीका आधारमा जिरो किलोमिटर पुगेको अख्तियारको टोलीले उनलाई रङ्गेहात पक्राउ गरेको रिजालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप