जुमलाई टक्कर दिन फेसबुकको नयाँ ‘फिचर’, कसरी गर्नेछ काम ?
फेसबुकले अब भिडियो कलिङ प्लेटफर्म जूमलाई टक्कर दिनका लागि नयाँ फिचर ल्याइरहेको छ । अब मेसेन्जरमा यस्तै एउटा सुविधा जोडिने भएको छ जुन भिडियो कलिङ प्लेटफर्मसँग मिल्दोजुल्दो छ ।
अब मेसेन्जरमा पनि भिडियो कलिङको क्रममा अब स्क्रिन सेयर गर्न पाइनेछ । यो सुविधालाई एन्ड्रोइड र आइओएसको म्यासेन्जर एपमा दिइनेछ । यसमार्फत् ग्रुप भिडियोमार्फत् वा वान अन वान भिडियो कलको क्रममा एक–अर्कासँग स्क्रिन सेयर गर्न सकिनेछ ।
स्मरण रहोस्, कोरोनाभाइरस महामारीपछि सुरु भएको लकडाउनपछि भिडियो कलिङ प्लेटफर्मको माग तीब्र रुपमा बढेको छ । यसै क्रममा फेसबुकले पनि मेसेन्जरको ग्रुप भिडियो कलिङ सर्भिस रुमको सुरुवात गरेको थियो ।
यो नयाँ स्क्रिन सेयरिङ फिचरलाई ८ व्यक्तिसँग गरिने भिडियो कलिङको क्रममा प्रयोग गर्न सकिनेछ ।
मेसेन्जरमा दिइएको स्क्रिन सेयर फिचरको कुरा गर्नुपर्दा यसमार्फत् तपाईं भिडियो कलिङमा भाग लिइरहेका मानिसहरुलाई आफ्नो स्मार्टफोनको स्क्रिन देखाउन सक्नुहुन्छ । उदाहरणको रुपमा यदि तपाईं कुनै भिडियो देखाइरहनुभएको छ वा कुनै प्रेजेन्टेशन छ भने तपाईं स्क्रिन सेयरिङमार्फत् ग्रुप कलिङमा जोडिएका मानिसहरुसँग सेयर गर्न सक्नुहुन्छ ।
स्क्रिन सेयरिङको यो नयाँ सुविधा मोबाइल एपमा मात्रै नभई मेसेन्जर रुम वेबमा पनि प्रयोग गर्न सकिनेछ । अर्थात् तपाईं आफ्नो कम्प्युटरको स्क्रिन पनि सेयर गर्न सक्नुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण