चितवन राष्ट्रिय निकुञ्जमा २६ गैंडा मरे
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन् । सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन क्षेत्रमा मरेका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५/०७६मा प्राकृतिक कारणले ४३ गैंडा मरेका थिए ।
त्यसको अघिल्ला दुई वर्ष प्राकृतिक कारणबाट २६/२६ गैंडा मरेका थिए । गत आर्थिक वर्ष बुढो भएर छ, जुधेर तीन, दलदलमा फसेर तीन, ढुसियुक्त खानाका कारण चार, बाघको आक्रमणका कारण एक गैंडा मरेका छन् ।
त्यसै गरेर करेन्ट लागेर दुई, रुखले किचेर एउटा, स्वास्थ्यमा समस्याका कारण तीन, कारण पत्ता लाग्न नसकेर तीन गैंडा मरेका उप्रेतीले जानकारी दिए । मरेकामध्ये १३ भाले, १० पोथि र तीन पहिचान हुन नसक्ने अवस्थामा भेटिएका थिए ।
अघिल्लो आर्थिक वर्षमा हाल सम्मकै सबैभन्दा बढी गैंडा प्राकृतिक कारणबाट मरेका हुन । त्यस वर्ष नौ भाले, १४ पोथि र २० को कंकालमात्र भेटिएको थियो । धेरै गैंडा बिगतका वर्षमा मरेका तर त्यस वर्ष पहिचान भएको हुँदा अस्वभाविक तथ्याङ्क आएको उप्रेती बताउँछन् ।
सन् २०१५ को गणनापछि प्राकृतिक कारणबाट गैंडा धेरै मरेका भए पनि चोरी शिकारीबाट कम मरेका छन् । पछिल्लो गणनामा निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरेर ६४५ गैँडा थिए । चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको बासस्थान रहेको छ । गत वर्ष गैंडा गणना गर्ने अन्तिम तयारी गरिएको भए पनि कोरोना प्रभावका कारण स्थगित गरिएको छ । चालु आर्थिक वर्षमा गणना गरिदैं छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण