३० जना पार्टीमा भित्र्याउँदै गर्जिए विप्लवः अब प्रचण्डको पनि बाबुरामको जस्तै हालत !
काठमाडौं– नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले नयाँ शक्तिका संयोजक बाबुराम भट्राईले जस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि क्रान्तिलाई धोका दिएको आरोप लगाएका छन् ।
‘क्रान्तिलाई धोका दिएर जसरी बाबुराम वेपत्ता भए त्यसैगरी अब प्रचण्डको वेपत्ता हुने पालो छ’, आइतबार राजधानीको प्रज्ञा भवनमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, ‘ प्रचण्ड र विप्लव एउटै होइनन् । विप्लव भनेको क्रान्तिकारी हो । ’
प्रचण्ड डुब्दै गएको दक्षिणपन्थी भएको आरोप लगाउँदै विप्लवले क्रान्तिलाई धोका दिएर अहिले नयाँ शक्ति चलाएका बाबुराको जस्तै प्रचण्डको हालत हुने पनि दाबी गरे ।
प्रचण्डलाई रुसी खुश्चोवको रुसको संज्ञा दिँदै विप्लवले आफूले अब क्रान्तिको नेतृत्व गर्ने दाबीसहित रुसी अक्टोबर क्रान्तिको अवसमा हजारौं युवाहरु राजधानीमा उतारेर शक्ति प्रदर्शन गर्ने समेत बताए ।
उनले आगामी प्रदेश र प्रतिनिधिसभाको चुनाव वहिस्कार गर्ने समेत घोषणा गरे ।
उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भूकम्पले हल्लाएको घरको रुपमा चित्रित समेत गरे । दिल्लीमा गएर देउवाले देशकै बेइज्जत गरेका गरेको समेत उनले आरोप लगाए ।
आफ्नो पार्टीले क्रान्ति गरिछाड्ने बताउँदै विप्लवले भने, ‘हाम्रै पार्टीका कुनै साथीलाई क्रान्ति हुँदैन भन्ने लागेको भए पार्टी छाडेर अन्तै गए हुन्छ ।’
माओवादी केन्द्रको अधिकांश समय आलोचनामा खर्चिएका उनले प्रचण्डको जस्तो जीन्दगी बाँच्ने हो भने आफूहरुसँग पनि सत्ता र पैसाको कमी नभएको बताए ।
कार्यकर्तादलाई निर्देशन दिँदै विप्लवले पार्टीलाई गलत रुपमा र गलत काममा प्रयोग नगर्न आग्रह गरे ।
सो क्रममा नयाँ शक्ति, माओवादी केन्द्र, नेकपा क्रान्तिकारी माओवादी र वामपन्थी पृष्ठभूमिका करीब ३० जना विप्लवको पार्टीमा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण