पत्रकार महासंघ यूकेद्वारा कोरोना पीडित पत्रकारको लागि २३ लाख रुपैयाँको सहयोग
लण्डन । नेपाल पत्रकार महासंघद्वारा स्थापित ‘पत्रकार आपत्कालीन राहत कोष’ मा नेपाल पत्रकार महासंघ यूके शाखाले २३ लाख रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ । शनिबार लण्डनमा जुम प्रविधिमार्फत बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त सहयोग रकममध्ये २० लाख रुपियाँ महासंघको अक्षय कोषमा राखिने छ भने बाँकी ३ लाख रुपियाँ कोरोना महामारीका कारण समस्यामा परेका श्रमजीवी पत्रकारहरुका लागि तत्काल खर्च गरिने छ ।
यसअघि तत्कालिन अध्यक्ष चिरन शर्माको कार्यकालमा भूकम्प पीडित पत्रकारको लागि नेपाल पत्रकार महासंघको आपतकालिन कोषमा शाखाले १३ लाख रुपैयाँ सहयोग गरेको थियो ।
‘पत्रकार आपत्कालीन राहत कोष’ मा कम्तिमा १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्यसहित केन्द्रीय समितिको तर्फबाट ३० लाख रुपैयाँ जम्मा भइसकेको छ । पत्रकार महासंघ यूकेले सन् २०१७ आयोजना गरेको एक च्यारिटी कार्यक्रममा संकलन गरेको रकममध्येबाट २३ लाख रुपैयाँको सहयोग गर्ने निर्णय गरेको हो । महासंघद्वारा आपत्कालिन कोष सञ्चालन निर्देशिका तथा मापदण्ड बनाउन गठित समितिमा शाखाका महासचिव सञ्जयभक्त कँडेललाई पठाउने निर्णय पनि गरेको छ ।
शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बसेको सो बैठकमा महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टले कोषको उद्देश्यको बारेमा प्रष्ट पारेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष आचार्यले कोभिड–१९ बाट उत्पन्न समस्याका कारण नेपालमा झन्डै दुई हजार पत्रकारहरुले रोजगारी गुमाएका तथा देशभरि ७ सय ५० भन्दा बढी पत्रपत्रिका तथा ५ ओटा एफएम रेडियो स्टेशनहरु बन्द भएको जनाए । ‘रोजगार गुमाएका पत्रकारहरुलाई मानवीय सहयोग गर्न आपत्कालीन कोष खडा गरिएको हो,’ उनले भने। महासचिव विष्टले आपत्कालीन कोषमा उल्लेखनीय सहयोग गरेकोमा नेपाल पत्रकार महासंघ युकेलाई हार्दिक धन्यवाद दिए ।
बेलायतमा ‘एफएनजे युके पत्रकारिता पुरस्कार’ को स्थापना
पत्रकार महासंघ बेलायत शाखाको आज बसेको बैठकले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई प्रोत्साहन गर्नका लागि १ हजार पाउण्ड अर्थात करिब (१ लाख ५१ हजार रुपैयाँ) बराबर राशीको ‘एफएनजे युके पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि गरेको छ । शाखाका महासचिव सञ्जयभक्त कँडेलले संचालन गरेको बैठकमा शाखाका सल्लाहकारहरु भगीरथ योगी र नविन पोखरेल, वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल, उपाध्यक्ष लीलामान शेरपुञ्जा, उपमहासचिव नरेन्द्र बस्नेत, सचिवहरु शिव भण्डारी, पूर्ण गुरुङ र डा. जगन कार्की, सहकोषाध्यक्ष रोशन मेवाहाङ, सदस्यहरु मञ्जु भण्डारी खरेल, खेमराज रानाभाट, बम सूर्यवंशीको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण