ट्रम्पले भने, ‘अमेरिकाको मृत्युदर सबैभन्दा कम’
सोमबार, ०५ साउन २०७७, ०६ : ५०
जोन्स होपकिन्स विश्वविद्यालयले अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुनेको आँकडा १.४० लाखभन्दा माथि गइसकेको र मृत्युदरको मामिलामा अमेरिका संसारभरीको सातौं स्थानमा भएको बताएको छ ।
तर अमेरिकी राष्ट्रपतिले भने जोन होपकिन्सले जारी गरेको आँकडा अस्विकार गरेका छन् ।
फक्स न्यूजलाई दिएको अन्तरवार्तामा ट्रम्पले उनको देशमा सबैभन्दा कम मृत्युदर भएको बताएका छन् । उनले देशमा कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि हुनुमा अत्यधिक व्यक्तिमा गरिएको परीक्षण जिम्मेवार भएको बताएका छन् ।
जोन होपकिन्सका अनुसार संसारभरी ६ लाखभन्दा बढीको मृत्यु भइसकेको छ र मृत्यु हुनेमा एक चौथाई व्यक्ति अमेरिकी छन् ।
अमेरिकाको दक्षिणी राज्यमा संक्रमितको संख्या अत्यधिक वृद्धि भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण