बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चार किलोमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

सोमबार, ०५ साउन २०७७, १० : २७
सोमबार, ०५ साउन २०७७

काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । 

सोमबार बिहान चारकिलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सूचना जारी गर्दै बिहान ५ बजे खसेको  पहिरोको कारण दुईतर्फी सडक अवरुद्ध भएकोले ओभरटेक नगरी आ–आफ्नो सवारीसाधन सुरक्षित स्थानमा रोक्न अनुरोध गरेको छ । 

पहिरो लगातार खसिरहेको र ठूलो भएकाले तत्काल हटाउन कठिनाई भइरहेको र बाटो खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिए ।  

दुई दिनदेखिको अविरल वर्षाका कारण सडकका विभिन्न भागमा पहिरो गएका छन् । इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटक-पटक पहिरो खस्दा समस्या हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप