चार किलोमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
सोमबार, ०५ साउन २०७७, १० : २७
काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
सोमबार बिहान चारकिलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सूचना जारी गर्दै बिहान ५ बजे खसेको पहिरोको कारण दुईतर्फी सडक अवरुद्ध भएकोले ओभरटेक नगरी आ–आफ्नो सवारीसाधन सुरक्षित स्थानमा रोक्न अनुरोध गरेको छ ।
पहिरो लगातार खसिरहेको र ठूलो भएकाले तत्काल हटाउन कठिनाई भइरहेको र बाटो खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिए ।
दुई दिनदेखिको अविरल वर्षाका कारण सडकका विभिन्न भागमा पहिरो गएका छन् । इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटक-पटक पहिरो खस्दा समस्या हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण