सोफियाको तीज गीत ‘अबको तीज नो ब्रत प्लिज’
काठमाडौं । तीज नजिकिदै जाँदा अचेल दैनिक ३,४ वटा नयाँ तीज गीत बजारमा भित्रिने गरेको छ । यसरी बजारमा आएका गीतमा कतिपयमा चेलीले घरपरिवार, माइतीको पीडा पोखेको पाइन्छ, भने केहीमा भने समाजका विकृति विसंगतीप्रति समेत तिखो व्यङ्ग्य गरेको देख्न सकिन्छ ।
यस्तैमा सोफिया थापाले पनि सामाजका विकृति विसंगतीप्रति प्रहार गरेको तीज गीत ‘अबको तीज नो ब्रत प्लिज’ बोलको ल्याएकी छन् । गीतमा शब्द, संगीत र स्वर समेत उनकै रहेका छ ।
परम्परागत रुपमा चल्दै आएको तिजमा महिलाहरु आफ्नो श्रीमान्को दीर्घायूको लागि पानी पनि नपिइकन ब्रत बस्ने संस्कार स्वास्थ्य तथा समानता दुबै हिसाबले गलत भएको गीतमा बताइएको छ ।
गीतको भिडियो पनि बनेको छ । भिडियोमा मेनुका थापा, पूजा गहतराज, अनिसा गौतम, बबिता धिताल, प्रियंका थापा, शारदा थापा, रजनी केसी लगायतको अभिनय देख्न सकिन्छ ।
मनिष पन्थको निर्देशन रहेको भिडियोमा मनिषकै छायाँकन, सम्पादन रहेको छ, भने कोरियोग्राफी लोकेन्द्र शाहले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण