सरकारविरोधी प्रदर्शनमा उत्रिएका ५ विदेशीलाई देशनिकाला
काठमाडौँ । सरकारविरुद्ध प्रदर्शन गरेको अभियोगमा पक्राउ परेका ५ जना विदेशी नागरिकलाई देशनिकाला गरिने भएको छ । अन्तर्राष्ट्रिय उडान सुरु हुने बित्तिकै उनीहरुलाई निष्कासन गरिनेछ ।
‘गृह मन्त्रालयका सचिवस्तरको निर्णयले उनीहरुलाई निष्काशन गर्ने निर्णय भएको हो,’ अध्यागमन विभागमा प्रवक्ता रामचन्द्र तिवारीले रातोपाटीसँग भने, ‘नेपालमा विदेशी नागरिक राजनीतिक गतिविधिमा संलग्न हुनु गैरकानूनी हो ।’
गत ३१ जेठमा माइतीघरमा भएको सरकार विरोधी प्रदर्शनमा प्रहरीले ६ जना विदेशीलाई पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाइएको थियो ।
पक्राउ परेकामध्ये नर्वेजियन नागरिक मरिता लिभरोदले नेपाली नागरिकसँग विवाह गरेर वैवाहिक भिसा लिएकाले उनलाई जरीवाना मात्र तिराइएको छ ।
प्रवक्ता तिवारीका अनुसार देश निकाला गर्ने निर्णय भएकामा २ महिलासहित तीन जना चिनियाँ नागरिक छन् । यस्तै एक जना अस्ट्रेलियन पुरुष र एक जना अमेरिकन महिला रहेका छन् ।
मरिता लिभरोद ५ हजार रुपैयाँ जरीवाना तिरेर छुटेकी छन् । अन्य तीन जना चिनियाँ र अमेरिकी नागरिकलाई १० हजार रुपैयाँ जरीवाना तिराइएको छ । त्यस्तै अस्ट्रेलियन नागरिकलाई २० हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
उनीहरु पाँचै लाई दुई वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय पनि भएको छ । लकडाउन खुलेको १५ दिनभित्रमा उनीहरुलाई आफ्नो देश फर्काइने विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ को निर्माण घोषणा
-
रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
-
प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)
-
कोशी प्रदेशबाट रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
