माइतीघरबाट ६ विदेशी नागरिक पक्राउ
शनिबार, ३१ जेठ २०७७, ११ : ०३
काठमाडौँ । काठमाडौँको माइतीघर मण्डला चोकबाट ६ विदेशी नागरिक पक्राउ परेका छन् । अमेरिकी, तीन चिनियाँ, फ्रेन्च र अष्ट्रेलियन नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एमसीसी र रुकुम हत्याकाण्ड बारे माइतीघर मण्डलामा विगत एक हप्तादेखि आन्दोलन हुँदै आइरहेको छ । आन्दोलन भइरहेको क्षेत्रबाट पक्राउ परेपनि उनीहरु आन्दोलनमा सहभागि हुन गएका थिए वा आफ्नै काम विशेषले गएका थिए यकिन भइसकेको छैन ।
पक्राउ परेका उनीहरुलाई सोधपुछ हुने काम भइरहेको प्रहरीले जनाएको छ । हाल उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
विदेशी नागरिक नेपालको आन्तरिक विषयमा हुने कुनै पनि आन्दोलन तथा प्रदर्शनमा सहभागी हुन नपाउने नेपालको संविधानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको ऐतिहासिक एक हजारौँ खेल, जापानको पनि ऐतिहासिक उपलब्धि
-
प्रतिनिधिसभा निर्वाचनपछि ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा
-
दुई सुरक्षा निकायका एआईजीले सुरक्षा व्यवस्थापनको मनिटर गर्ने
-
दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण