महेन्द्रनगर यातायात कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउण्टर संचालन
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात कार्यालयमा एक्सटेन्सन काउण्टर खोलेको छ ।
महेन्द्रनगर यातायात कार्यालयका प्रमुख भोजराज भट्ट र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले एक समारोहका बीच एक्सटेन्सन काउण्टरको औपचारिक रुपमा उद्घाटन गरे । कार्यक्रममा यातायात कार्यालयका प्रमुख भट्टले मेगा बैंकको काउन्टर खुलेपछि अब सेवाग्राहीहरुले यातायात कार्यालयमा सहज रुपमा बैंकिङ्ग कारोबार गर्न पाउने बताए । करिब ४ सय जना सेवाग्राहीहरु दैनिक लाभान्वित हुने उनले बताए ।
यसैगरी, मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख ओझाले बिभिन्न सरकारी कार्यालयमा एक्सटेन्सन काउण्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप यातायात कार्यालयमा पनि एक्सटेन्सन काउण्टर विस्तार गरिएको बताए । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको यो ३१औं एक्सटेन्सन काउण्टर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण