भिमेश्वर नगरपालिकाका ३३ घर पहिरोको उच्च जोखिममा
चरिकोट । दोलखाको भिमेश्वर नगरपालिका–३ का विभिन्न टोलका ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् । भिमेश्वर नगरपालिका–३ तार्थली नागीधाराका १५ घर र तल्लो पुरानो बजार क्षेत्रका १८ घर गरी ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष हरिशरण शिवाकोटीले बताए ।
वर्षात्को समयमा बाढी पहिरोको जोखिम बढिरहेको बेला सामान्य वर्षा हुँदा पनि पहिरो गइरहने हुँदा पानी पर्दा रातभर जागै बस्नुपर्ने बाध्यता रहेको स्थानीय जलमाया थामीले बताइन् । ज्याला मजदुरी गरी जीविका चलाउँदै आएका र कम मूल्यमा घर जग्गा किनी बसेका तर भारी वर्षाका कारण दैनिक चिन्ता हुने गरेको मन्सरी थामीले बताइन् । यस क्षेत्रमा दोलखाको कालिञ्चोक र विगु गाउँपालिकाका विभिन्न क्षेत्रबाट बसाइँ सरी आएका समुदायको बसोबास रहेको छ । विसं २०७२ को भूकम्पपछि यहाँ विभिन्न क्षेत्रबाट मानिस बसाइँ सरी बसोबास गर्दै आएका छन् ।
नगर तथा वडाले पहिरो नियन्त्रणका लागि पहल तथा सहयोग गरेतापनि भिरालो जमीनका कारण बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्नुको विकल्प नरहेको वडाध्यक्ष शिवाकोटीले बताए । नगरपालिका तथा वडाले पहिरो नियन्त्रणका लागि तारजाली र त्रिपाल सहयोग गरेको छ । बस्ती बसेको जमिन भिरालो रहेको र तल्लो भूभाग माथिल्लो तामाकोशीको सडक रहेको र स–साना पहिरो गइरहने समस्या भएको स्थानीयवासीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण